२ फाल्गुन २०७५, बिहीबार २२:१६  
image

नयाँदिल्ली ।

भारत प्रशासित कश्मीरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी विद्राहीहरूले बिहीबार गरेको आक्रमणमा कम्तीमा २६ सुरक्षाकर्मीको ज्यान गएको छ ।

कश्मीरको प्रमुख सहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूलाई लक्षित गरी आक्रमण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेष प्रहरी अधिकारी मुनिर अहमद खानका अनुसार विद्रोहीहरूले गाडीमा राखिएको विस्फोटक पदार्थ रिमोट कन्ट्रोलमार्फत विस्फोट गराएका हुन् । आक्रमणमा परी दर्जनौं अर्धसैनिक बलका सदस्य घाइते छन् । खानले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको बताए ।

आक्रमणको आतंककारी समूह जैस–ए–मोहम्मदले जिम्मा लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै ‘वाकास कमान्डो भनिने आदिल अहमदले आक्रमण गराएको’ उल्लेख गरेका छन् ।
भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो ठूलो आक्रमण हो । भारतको कश्मीरमा करिब ५ लाख सैनिक कार्यरत छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएयता दुई देशबीच सीमा विवाद जारी छ । जसका कारण सीमाक्षेत्र सधैंजसो तनावग्रस्त रहने गरेको छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...