७ फाल्गुन २०७५, मंगलवार २०:१३  
image

अमृत कुमार महतो, महोत्तरी

प्रतिनिधि सभामा रातु खोलाको अवैध उत्खननको जाँचबुझ गर्न न्यायिक समिति गठनको माग उठेको छ । सांसद इन्दु शर्माले चुरे दोहनले मधेश मरुभूमी बनाउने काम भइरहेको भन्दै सरकारको ध्यानार्षण गराएका छन् । आज संघीय सदनमा बन्दै उहाँले भन्नुभयो, विगत १० बर्षदेखि महोत्तरीको रातु खोलाबाट ढुङ्गा, गिटी र बालुवाको व्यापक तस्करी भईरहेको छ ।

हालको वर्षहरुमा देशका विकासका काम तिर्व भएदेखि तस्करहरुले ढुङ्गा, गिटी र बालुवा उत्खन्न गर्ने ऐन कानुन विपरित रातु खोलाको पुल र गाउँ बस्ति नजिकबाट माफदण्ड विपरित गैर कानुन तरिकाले ठुला – ठुला डोजर र टिपर प्रयोग गरी १० फिट देखि १२ फिट सम्म खाल्टो बनाई रातु खोलाको चरम दोहन गरेका छन् ।

दैनिक सैकडौ टिपर र ट्याक्टरले रात भरी उत्खन्न गरेर तस्करी गरेका छन् । सबै स्थानिय निकाय र राष्ट्रिय मिडियाहरुले पनि रातु खोलाको दोहन बारेमा सर्वजानिक गरिरहेका छन् ।

यसरी राष्ट्रिय सम्पतीको ब्रहम लुट भईरहदा स्थानिय सरकार, सुरक्षा निकाय र बर्दिबासमै कार्यालय खोलेर बसिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेका छन् । यसरी दिनुहु रातु खोलाको दोहनले मधेशको भविष्य संग जोडि रहेको चुरे क्षेत्रलाई पनि ठूलो असर रहेको छ ।

राष्ट्रिय सम्पतीको दोहन गर्ने माथि छानविन गरी कडा कार्वाही गर्नको लागि न्यायिक छानविन समिति गठनका लागि सरकारको ध्यानार्षण गराउन चाहन्छौ ।

भिडियो हेर्नुस

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...