१३ फाल्गुन २०७५, सोमबार १८:३८  
image

अमृत कुमार महतो, बर्दिबास

बर्दिबास नगर स्तरीय प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि बर्दिबास नगरपालिका – ९, पशुपतिनगरले हात पारेको छ ।

सोमवार भएको फाइनल खेलमा बर्दिबास नगरपालिका – २ लाई अल आउट गर्दै पशुपतिनगरले नगर स्तरीय प्रथम मेयर कप प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा निकै प्रतिस्पर्धात्मक रहेको खेललाई पशुपतिनगरले आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमा १३६ रनको टार्गेट दिदै आफ्नो पक्षमा पारेको थियो । दोस्रो खेलमा वडा नम्वर ९ पशुपतिनगरले वडा नम्नर –२ लाई अल आउट गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै पशुपतिनगरले नगद २० हजार रुपैयाँ हात पारेको छ भने दोस्रो हुने वडा नम्वर – २ ले १० हजारमा चित बुझाएको छ । क्रिकेट प्रतियोगिता समापन समारोहमा बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले नगद पुरस्कार र कप प्रदान गरे ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । खेलाडि साथीहरु कला सहितको खेल खेलदिएकोे हुनाले आज धैरै नै हर्सित र खुशी भएको छु । हामीले गत बर्षदेखि मेयर कपको आयोजना गरेकाले खेल हुदै जाँदाखेरी व्याड मिनटन खेल, फुटवल खेल र आज क्रिकेट खेल सम्पन्न भएको छ । यस्तै बर्दिबास नगरपालिकाले थुप्रै खेलको आयोजना गर्ने उनले बताए ।आफ्नो कला देखाउदै मेयर कप अन्तर्गत क्रिकेट सबै भन्दा राम्रो खेल भएकोे हुनाले आउने दिनहरुमा सिंगो महोत्तरी जिल्ला हैन २ नम्वर प्रदेश पनि जित्नेगरी खेल खेल्न जरुरी रहेको बताए ।

खेलबाट बर्दिबास नगरपालिकाको पहिचान बनाई दिन खेलाडीलाई अनुरोध गर्दै भने,‘‘ खेल खेलेर स्वस्थ्य रहने युवालाई बिस्तारै माथी सम्म जोडेर खेललाई व्यवसायिक बनाउने चाहन्छु । बर्दिबासमा रंगशालाको निर्माणको लागि काठमाण्डौ गएर खेलकुद मन्त्रिसंग छिनोफानो गरेर आईसकेका छौ ।

क्रिकेट प्रतियोगितामा बर्दिबास नगरपालिकाका १४ वडाहरु सहभागी थिए । पहिलो मेयर कपको अवसर पारेर बर्दिबास खेलकुद विकास समितिले क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...