१४ फाल्गुन २०७५, मंगलवार १८:०१  
image

वीरगन्ज, महोत्तरी पोस्ट ।

जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको जवाफमा भारतीय वायु सेनाले पाकिस्तानी भूमीमै पसेर आक्रमण गरेकै दिन वीरगन्जमा प्रदर्शन भएको छ ।

मंगलबार मधेसी दलका नेता र युवाले भारतको पक्षमा वीरगन्जमा प्रदर्शन गरेका हुन्। १४ फेब्रअरी र त्यसयता भारतमा भएको आतंकवादी हमलाको विरोधमा राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवा संघ र राष्ट्रिय विधार्थी संघका कार्यकर्ताले मोटरसाइकल र्याली गरेका हुन् । आतंकवादविरुद्ध नेपालका युवा भारतको साथमा रहेको भन्दै राजपाले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद, आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौँ, नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । पाकिस्तानी भूमिमा भारतीय बम हमला, खास घटना के हो ?

पाकिस्तानले भन्यो स् भारतीय कारबाहीको कडा जवाफ दिन्छौं । भारतले फ्रान्सबाट ल्याएको लडाकु विमान, जुन पाकिस्तान हमलामा प्रयोग र्गयो

वीरगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट निकालेको मोटरसाइकल र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वाको परिक्रमा पछि पुन घण्टाघरचोकमा फर्किएर विरोधसभामा परिणत भएको थियो ।

‘आतंकवादको विरोधमा नेपालका सबै युवा एक साथ छन’, उनले भने, ‘आतंकवादको अन्त्य गर्न भारत सरकारको हरेक कदममा नेपालका युवाको साथ छ ।’

विरोधसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुने भन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न आवश्यक रहेको बताए । महासचिव सिंहले प्रदर्शनले नेपाली युवा आतंकवादको विरोधमा रहेको र आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिने सन्देश दिएको उल्लेख गरे ।

र्यालीमा राजपाका नेता प्रेमबाबु पटेल, मदन यादव, राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष सुशील पटेल, राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मदनसुदन चौरसीयालगायत सहभागी थिए।

सभार अन्प’र्ण पोस्ट

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...