१५ फाल्गुन २०७५, बुधबार २१:२२  
image

महोत्तरी पोस्ट, औरही ।

एक वर्ष ६ महिनाको अवधिमा लोहारपट्टी नगरपालिकाले गरेका निर्णय र काममध्ये एउटा पनि विवादमा परेन ।

नेपालमा संघीय प्रणाली अनुसार स्थानीय सरकार गठन भएको एक वर्ष ६ महिना पूरा भएको छ । यो अवधिमा व्यवहार, विकासप्रतिको प्रतिवद्धता, काम गर्ने शैली र नियतका कारण कतिपय जनप्रतिनिधि आलोचनाका पात्र बनेका छन् भने कतिपयले प्रशंसा पाएका छन् ।

कार्यशैली, जनतासँगको घुलमिल, पारदर्शिता र विकासप्रतिको प्रतिवद्धताका कारण प्रशंसा पाउनेमध्येका एक जनप्रतिनिधि हुन् लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र कुमार यादव । उनी आमजनतासँग घुलमिल हुन सक्ने उनको व्यवहार मात्रै प्रशंसाको विषय बनेको छैन, एक वर्ष अघिसम्म विकासको दृष्टिले छायाँमा परेको मानिने लोहारपट्टी नगरपालिकाको मुहार फेर्ने साना तर प्रभावकारी योजनाका कारण पनि उनी लोकप्रिय हुन थालेका छन् ।

वितेको एक वर्ष ६ महिनामा लोहारपट्टी नगरपालिकाले गरेका निर्णय र बनाएका योजना एउटा पनि विवादमा परेका छैनन् । छाडाचौपाया नियन्त्रणमा पनि मेयर शैलेन्द्र यादवले इमान्दार प्रयास गरेको प्रतिपक्षीहरु नै बताउँछन् ।

जनप्रतिनिधको एक वर्ष ६ महिनाको समयावधिमा लोहारपट्टी नगपालिकाले विकासमा गति लिएको छ । नगरपापिलकाका नगर प्रमुख शैलेन्द्र कुमार यादवले आफू निर्वा्चित भएको एक वर्ष ६ महिनामा सोचेजस्तो नभए पनि सन्तोषजनक रहेको बताए ।

स्थानीय तहका एक वर्ष ६ महिनाको समिक्षा गर्दै मेयर चन्दले यस्तो बताएका हुन् । नगर प्रमुख यादवले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानुन तथा जनशक्ति अभावले सोचेजस्तो नभए पनि उपब्लध स्रोत साधन अनुसार सन्तोषजनक काम भएको बताए । साथै बितेको एक वर्षमा नगरलाई समृद्ध बनाउन योजना तथा नीति निर्माणसँगै कार्यान्वयनको दिशामा अघि बढेको उनको दावी छ ।

उनका अनुसार नगर पालिकाले आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न ३३ वटा कानुन पारित गरेको छ । त्यस्तै नगरका ९ वटै वडामा सकड निर्माणसँगै १० किलोमिटर सडक ग्राभेल हालिएको छ भने नयाँ सडकको ट्रयाक खोल्ने र नगरका ३ किलोमीटर सडक पक्की डलान समेत गरिएको छ ।

नगरका सबै वडामा खेल मैदान निर्माण, गेरुकाधाम मन्दिर , श्रवण गद ,अन्धाअन्धी मन्दिर र रेखा माई मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिईएको छ । २४ किलोमिटर लामो लोहारपट्टी रिङ रोड बनाउनका लागि डिपीआर निर्माण गरिएको समेत उनले बताए ।

नगरपालिकाले गौरवका आयोजनाका रुपमा राष्ट्रिय स्तरको कभर्ड हल निर्माण, स्वीमिङ फुल सहितको फन पार्क निर्माण लगायतका कार्याक्रम अगाडि बढाईएको छ ।

नगरपालिकाले सबै नगरवासीले अपनत्व महसुस गर्ने किसिमले योजना अगाडि बढाएको बताउदैँ नगर प्रमुख यादवले भने, ‘स्थानीय राजनीतिक दल लगायत सरोपकारवालासँग छलफत तथा समन्वय गरी नगरका योजना तय गर्ने गरेका छौँ ।’

साथै एक वर्ष ६ महिनामा आफूले नगरवासीबाट निकै सहयोग पाएको र नगरपालिकाका विकास निर्माणका गतिविधिहरुमा साकारात्मक प्रतिक्रिया प्राप्त भईरहेको नगर प्रमुख यादवको भनाई छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...