२२ फाल्गुन २०७५, बुधबार १५:४८  
image


महोत्तरीपोस्ट कैलाली समाचारदाता । जिल्ला अदालत कैलालीले साढे तीन वर्ष पहिले टीकापुरमा भएको घटनामा सांसद  रेशमलाल चौधरी दोषी रहेको फैसला सुनाएको छ । घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासबाट बुधवार फैसला सुनाउदै घटनामा चौधरी दोषी भएको ठहर गरेको हो ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा भएको ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

गतवर्षको मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा  रेशमलाल चौधरी कैलाली १ वाट निर्वाचित भएका थिए । निर्वाचित भएको १३ महिना पछि गत पुस १९ गते चौधरीले सांसद पदको शपथ लिएका थिए । जेलमा रहेका चौधरी शपथ लिएलगत्तै फेरि सांसदको लोगो लगाएर जेल गएका थिए ।

रेशमसँगै जन्मैकदको फैसला सुनाइएकाहरुको नामावली
रेशमलाल चौधरी
हरिनारायण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन कठरिया
राजेश चौधरी
विरबहादुर चौधरी
प्रदीप चौधरी
सिराताम चौधरी
गंगाराम चौधरी
श्रवण चौधरी

थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डषैरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको हो। तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजायक तोकिएको छ।

यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएको छ। यि मध्ये चुन्कीराम बाहे ११ जनाले कैद भुक्तानी गरिसकेकाले उनीहरुलाई आजै छोड्न आदेश दिईएको छ।

यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिन आदेश दिईएको छ। यसै गरि करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले आजै थुना मुक्त गर्न आदेश दिईएको छ। यस्तै फरार रहेका ३१ जना मुद्धा मुल्तवमा रहने छ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस मंगलवार सकिएको थियो। वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए। २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो।

घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा थिए।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...