२३ फाल्गुन २०७५, बिहीबार १३:०३  
image

महोत्तरीपोस्ट जनकपुरधाम समाचारदाता।वर्तमान समयमा आर्थिक सुदृढीकरणको दृष्टिकोणबाट हेर्दा वैदेशिक रोजगार एउटा मुख्य आर्थिक आम्दानिको स्रोत मानिएको छ।जसमा तराइ मधेसतिर साधारण लाउने खानेका लागि मुख्य स्रोतका रुपमा पनि लिन सकिन्छ।

यस्तैमा वैदेशिक रोजगारीको सिलसिलामा कामदारहरु बाह्य बिदेशतिर लम्किदा गाउघरमा फर्जी दलालहरुको चाप पनि बढ्दै आएको छ।बर्षेणी सयौं हजारौको संख्यामा कामदारहरु ठगिएको ब्यहोरा सम्बन्धित निकाय तथा पत्रपत्रिकाहरु बाट सुनिनु कुनै नौलो कुरा नरहेको छ।

वैदेशिक रोजगारीमा पठाउने म्यानपावरसंग गाउघरका एजेन्टहरुले पैसाको लोभमा रोजगारी सम्बन्धि प्रकृया पूरा नगरी मान्छे फसाउने गरेको पाइन्छ।कहि कत्तै ठूलो तलब त ठुलै पदमा लगाइदिन्छु भनेर मोटो रकम कामदार संग लिइ फसाउछन।

यस्तैमा धनुषामा एउटा वैदेशिक रोजगारमा ठगिएको घटना बाहिरिएको छ।जिल्लाको सवैला नगरपालिका ३ को उपेन्द्र महरा पनि यसको चपेटामा परेको हो।

इ.स. डिसेम्बर १७ अर्थात गत पुस मसान्तको २ गते महरा होटेलको वेटर पदमा कामदार भइ काम गर्ने उद्देश्यले साउदिको लागि प्रस्थान गरेको थियो।वैदेशिक रोजगारी सम्बन्धि सम्पुर्ण प्रकृया पूरा गरि साउदिको रियाद स्थित Attejarat company मा पुग्दा आफुलाइ मजरा खेतिको काम पाए अर्थात वेटरको भिसा कहि परैलाइ बेचिएको पायो।

अन्तर्वार्ता सहित दिदा आफुले साउदी रियाल १५०० पाउने भनेर उता ८०० मात्र एक महिनामा पाउँदा बिचल्लीमा परेका महरा घरमा फोन गर्दा स्थानिय एजेन्ट सुकेशर महराले काम भनेको अनुसार दिन्छु भनेर एक महिनाको समय लिदा पिडित परिवारले अलिक राहतको सांस लिए।

यता वेटरको काम स्वरुप १५०० दिन्छु भनेर एजेन्ट सुकेसर महराले नेपाली रुपैयाँ (एक लाख तीस हजार) १,३०,००० नगदी लिएको थियो।महिना बित्दा पिडित परिवारले भनेपछी धाकधम्की सहित दिएर फर्काउदा पिडित परिवार स्थानिय प्रसासन र सामाजिक न्याय गुहार्न पुगे।तर,सामाजिक न्याय र प्रसासनलाइ लत्याउदै एजेन्टले पिडित परिवारलाइ कसैलाइ केही भने कहि गए ज्यान मार्ने धम्की समेत दिदा उता महरा बिदेशमा र पिडित परिवार गाउमा बिचल्लिमा परेका छन।

एजेन्ट महरा काठमाडौको अस्मिता इन्टरनेशनल ओभरसिज प्रा.लिको लागि काम गर्दै आएको भने अस्मिता म्यानपावरले महरा आफ्नो एजेन्ट नरहेको ब्यहोरा फोन सम्पर्क मार्फत जनाउदा झन पिडित परिवारलाइ मार परेको हो।बैदेशिक रोजगारमा फसेका पिडित महरा ३ महिनादेखी अलपत्र झै परेको हो भने डेढ लाख फसेको तथा ऋणिको पैसाको चिन्ताले चिन्तित बनेको हो।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...