२४ फाल्गुन २०७५, शुक्रबार ०८:४१  
image

नाम : संजय सिंह कुशवाहा ठेगाना : गौशाला – १ रामनगरचिनिमिल महोत्तरी हाल : जनकपुर

आउनुहोस ! आज संसार र समाजको कुरा गरौ ,
कुरा गरौ समाजको अनि संसारको अनि साथै यो समाजका केहि अपरिहार्य शक्तिको ! नारी शक्तिको

समानताका सवालहरु धेरै होलान् तर पनि हाम्रो समाज पुर्ण रुपले बद्लन सकेको छैन । हामी २१ सौ शताब्दीमा आएर पनि किन बद्लन सकेका छैनौं , आखिर किन बच्चा जन्मिने बित्तिकै आमाको अवस्थाभन्दा पहिला बच्चाको लिङ्ग सोध्ने सासुको कौतुहलता हुन्छ ? हामी सबै मिलि यस्ता नकारात्मक सोचलाई अन्तै गरौं ।

सन् १९११ बाट आरम्भ भएको अन्तरास्ट्रिय नारी दिवस प्रतेक बर्ष मार्च ८ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलंध पारिदै, महान संकल्प र अठोटको साथ् निरन्तर जारि राखिने अनन्तकालिन महायात्रा हो । बिगत बर्षहरु जसरि यो बर्ष पनि “१०९औ” अन्तराष्ट्रिय नारी दिवसलाइ मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउदै छन् ! उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने प्रमुख महिला दिवस हो ।

समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ”जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्” । तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ… सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखाैं सामाजिक संकिर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।

अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन्, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता हो । यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत तत्तत् देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकामा अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्र पङ्क्तिमा देखा पर्नु हो । विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण देखेर हर्ष मान्नुपरेको छ । यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षको उपादेयता हो ।

यसप्रकार नेपालमा एकै समयमा राजनीतिक र न्यायिक उच्च पदमा महिला सहभागी हुनुले विश्व गिनिज बुकमा नेपालको नाम लेखाउनुपर्ने वातावरण सिर्जना भएको छ । यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुप¥यो, भातभान्सामा रुमल्लिनुप¥यो भन्नु मानसिक कमजोरीमात्र हो ।

आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् ।

”जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्”

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...