२६ फाल्गुन २०७५, आईतवार १८:५५  
image

महोत्तरीपोस्ट,औरही।प्रदेश २ का विद्यार्थीको खाजाका लागि संघीय सरकारबाट प्राप्त डेढ अर्ब बढी रकम प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण ुफ्रिजु हुने अवस्थामा पुगेको छ ।

विद्यार्थीलाई विद्यालयमा टिकाई राख्ने उद्देश्यले संघीय सरकारबाट स्थानीय तहमार्फत विद्यालयमा सञ्चालित दिवा खाजाको रकम शैक्षिक सत्र समाप्त हुन लाग्दा पनि बाड्न सकिएको छैन ।

बालबालिकाले बीचमै विद्यालय छाड्ने समस्या रोक्न र सामुदायिक विद्यालयको गुणस्तर उकास्न सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजामा प्रत्येक दिन १५ रुपैयाँ दिन रकम विनियोजन गरेको थियो। यो कार्यक्रम फाटफुट विद्यालयबाहेक प्रदेशका जिल्लाहरूमा सञ्चालन हुन सकेको छैन ।

धनुषामा मात्रै प्रावि र बालविकासमा अध्यनरत करिब ७५ हजार बालबालिकाका लागि दिवा खाजा शिर्षकमा २० करोड रुपैयाँ बजेट निकासा भएको छ । तर, शैक्षिक सत्र बित्न एक महिना मात्र बाँकी हुँदा जनकपुर उपमहानगरपालिका बाहेक जिल्लाका १७ वटै स्थानीय तहले अहिलेसम्म विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।

प्रदेश २ का ८ वटा जिल्लामा करीब ५ लाख ६६ हजार बालबालिका कक्षा १ देखि ५ सम्म अध्यनरत छन् ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...