२७ फाल्गुन २०७५, सोमबार ०६:०१  
image

धर्वेन्द्र कुमार यादव,औरही।कुनै समय महोत्तरीको औरही नगरपालिकाका जग्गा खेतीयोग्य हुन्थे । तर त्यहाँ अहिले इट्टा उद्योगको संख्यामा बृद्धि भएपछि खेतीयोग्य जग्गा नै मासिन थालेको छ । अहिले महोत्तरीको औरही नगरपालिकामा इट्टा उद्योगहरुको केन्द्र नै बन्न थालेको छ । इट्टा उद्योगका कारण खेतीयोग्य जग्गा मात्रै मासिएको छैन पर्यावरणमा समेत खतरा बढेको छ ।

सोही औरही नगरपालिका कृषि बिभागमा काम गर्ने मोतिलाल यादव भन्नुहुन्छ, ‘गाउँमा पुग्दा श्वास लिन पनि गाह्रो भइरहेको हुन्छ । एउटै नगरपालिकामा दर्जनभन्दा बढी इट्टा उद्योग हुँदा त्यहाँ बसोबास गर्नेहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने निश्चित छ ।’
औरही नगरपालिकामा इट्टा उद्योग मात्रै नभई सानातिना उद्योग गरी ३ दर्जनभन्दा बढी उद्योग खुलिसकेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधाम भएपछि त्यहाँ उद्योगधन्दा खोल्ने क्रम बढेको हो । जनकपुरधाम आसपासका क्षेत्रमा ठूलठूला होटेल तथा उद्योग खोल्ने क्रम बढेपछि इट्टाको माग बढेको हो । इट्टाको माग बढ्न थालेपछि इट्टा उद्योगमा राम्रो आम्दानीको श्रोत बनेको इट्टा उद्योग व्यवसायी बिरेन्द्र यादव बताउनु हुन्छ ।
एउटा इट्टाभटा व्यवसायी बिरेन्द्र बताउनु हुन्छ एउटा इट्टा उद्योग खोल्नका लागि कमसेकम ८ देखि १० बिघा जग्गा आवश्यक पर्छ । यसरी हेर्दा औरही नगरपालिकामा सञ्चालनमा रहेका इट्टाभटाले एक सयदेखि १ सय २० बिघा जग्गा ओगटेको छ । यसरी खेतीयोग्य जग्गा पनि मासिएका छन् ।
स्थानीय सन्तोष यादवले इट्टा उद्योगहरु अधिक संख्यामा खुलेकोमा दुःखी छैनन् । उनी भन्छन्, ‘इट्टा उद्योगहरु खुल्न थालेपछि पैसा कमाउनका लागि वैदेशिक रोजगारीमै जाने बाध्यता हटेको छ । तर सो ठाँउको एक स्थानीय राम जीवन यादवले महोत्तरीपोस्ट समाचारदाता लाई जानकारी गराउदै भन्नुहुन्छ। यसमा बढी भारतको कामदार रहेका छ्न। ती उद्योगमा एक हजारभन्दा बढी भारतको रोजगारी पाएका छन् ।’


खेतीयोग्य जग्गामा कलकारखाना, व्यापार व्यवसायका संरचना र घर निर्माण हुन थालेपछि अन्न उत्पादनमा कमी आएको औरही नगरपालिका स्थानीय कृषक राम जिवन यादव बताउनु हुन्छ । कृषक यादवले भने, ‘दश वर्ष पहिले अन्न उत्पादनमा आत्मनिर्भर रहेको यो ठाँउमा कृषिको अवस्था दयनीय छ ।’ यकिन तथ्यांक नभए पनि अन्न उत्पादनमा धेरै कमी आएको छ । महँगोमा जग्गा बिक्री हुने भएपछि किसानले खोतीयोग्य जमिन बिक्री गर्ने गरेको कृषक यादवको भनाइ छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...