२७ फाल्गुन २०७५, सोमबार १२:५८  
image


महोत्तरीपोस्ट। २५ किलो चाँदी र सय ग्राम सुन सहित दुइजना भारतीय नागरिक जनकपुरबाट प्रहरीको फन्दामा परेका छन् । फन्दामा पर्नेहरुमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ बस्ने वर्ष ३७ का कृष्ण कुमार महतो र सोही गाउँका ३० वर्षका रुपेश महतो छन् ।

आइतवार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज विहान पत्रकार सम्मेलनको गरि सार्वजनिक गरेको छ ।


विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताउनुभयो ।
उहाँका अनुसार बरामद भएको सुनको मूल्य रु. ५ लाख २४ हजार ७ सय र चाँदीको मूल्य रु.१६ लाख १८ हजार २ सय ५० रुपैँया रहेको छ ।

चेकजाँच गर्दा मोटरसाइकल ट्याङकी मुनिबाट प्वाल बनाइ प्वालमा ढोकाजस्तो नट कसेको अवस्थामा रहेकोमा नट खोली हेर्दा सेतो प्लास्टिकमा बेरेको अवस्थामा सुन र चाँदी बरामद गरेको उनले बताए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भैरहेको र मोटरसाइकल सहित सुन र चाँदी आवश्यक कारबाहीकालागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।
टुडे पाटी

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...