२७ फाल्गुन २०७५, सोमबार १९:४६  
image

सर्लाही सामाचारदाता

नगरप्रमुखसँग उपप्रमुख र वडाध्यक्षहरु असन्तुष्ट हुँदा बढ्दै जाँदा सर्लाहीको बलरा नगरपालिकाको विवाद झन जटिल बन्दै गएको छ । जनतालाई सेवा दिन चुनिएका जनप्रतिनिधिले नै एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै समय बिताउँदा नगरपालिकाका काम नराम्ररी प्रभावित भएको छन् । जसका कारण जनता दिक्दार बन्दै गएका छन् ।

स्थानीय तहका प्रमुख र उपप्रमुख फरकफरक पार्टीबाट निर्वाचित भएका कारण कतिपय ठाउँमा कार्यसञ्चालनको क्रममा विवाद उठ्ने गरेको छ । तर बलरा नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका भए तापनि विवाद भने चुलिँदै गएको छ । नगरप्रमुख भ्रष्टाचारमा लिप्त भएको, एकलौटी ढंगले काम गर्न खोजेको, कर्मचारीमा त्रास उत्पन्न गरेको लगायतका आरोप लगाउँदै बलरा नगरपालिका उपप्रमुखसहित नौ वडाध्यक्षले गत पुस ४ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरप्रमुखले जुनसुकै काम गर्दा आफूलाई जानकारी नै नदिएको उपप्रमुख रामसखी देवीको आरोप छ ।

नगरकार्यपालिका बैठकमा भएका निर्णयसमेत राम्रोसँग पढ्न नदिई नगरप्रमुखले हस्ताक्षर गर्न लगाएको उपप्रमुखको आरोप छ । अर्कोतिर नगरप्रमुखको कार्यशैलीप्रति वडाध्यक्षहहरु पनि असन्तुष्ट छन् । बलरा नगरपालिका–८ का वडाध्यक्ष रविकुमार साहले नगरप्रमुखबाट भएको भ्रष्टाचार, अनियमितता, गैरजिम्मेवारीपना र जातीय राजनीतिविरुद्ध नगरपालिकामा तालाबन्दी गरिएको बताउनुभयो ।

विशेष गरी नगरप्रमुखले विभिन्न शीर्षकमा फर्जी बिल र भर्पाइ बनाएर बजेट अनियमितता गरेको असन्तुष्ट पक्षको आरोप छ । यता नगरप्रमुख अभयकुमारसिंह भने आफू सही बाटोमा हिड्दाहिड्दै आफूविरुद्ध भ्रामक प्रचार र मिथ्या आरोप लगाइएको दाबी गर्नुभयो ।

नगरप्रमुखले गरेको अनियमितताविरुद्ध आवाज उठाउनु र कारबाहीको पक्रिया अगाडि बढाउनु सही हो तर जनताको सेवा नै प्रभावित हुने कार्यालयमा तालाबन्दी गर्नु चाहिँ पटक्कै शोभनीय होइन ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...