२८ फाल्गुन २०७५, मंगलवार १९:०५  
image

महोत्तरी पोस्ट, बर्दिबास

तीन बर्ष अघि हाँस्यकलाकार धुर्मुस—सुन्तलीले महोत्तरीको बर्दिबासका मञ्जय सदा(मुसहर)लाई पढ्न पाँच हजार सहयोग गरेका थिए । एसएसली पास गरेर कक्षा ११ पढ्दैं गर्दा उनलाई आर्थिक अभाव थियो ।

शैक्षिक समाग्री जुटाउनै कठिन थियो । पढेर स्वालम्वी बन्न धुर्मुसले उनकै घर पुगेर आर्थिक सहयोग उपलब्ध गराएका थिए । पुस्तौनी रोग, भोक र शोकले थलिएका मञ्जयसहितका ५१ घरपरिवारलाई धुर्मुस—सुन्तलीले २०७४ सालको नयाँ बर्षका दिन एकिकृत नमुना मुसहर बस्ती बनाएर पक्की घरमा बसाले ।

चितवनमा गौतम बुद्ध अन्र्तराष्टिय क्रिकेट रंगशाला बनाउन सहयोग अह्वान गरेर महोत्तरीको बर्दिबास आएका धुर्मुसलाई तीन बर्षपछी मञ्जयले कमाए । पाँच हजार सहयोग राशी उपलब्ध गराउँदा उनी भावुक बने । नीजि स्कूलमा पढाइरहेका मञ्जयले सहयोग गरेका हुन् ।

सहयोग रकम जुटाउन नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले महोत्तरीको बर्दिबासमा खुत्रुके महाअभियानको घोषणा ग¥यो । खुत्रुके महाअभियानमा गौतम होटलका प्रबन्धक हिरा गौतमले खुत्रुकोमा तीन लाख खसाल्दाको लिस्टको अन्तिम नम्बरमा जब उद्घोषकले उद्घोष गरे,‘एकिकृत नमुना मुसहर बस्ती बर्दिबासका मञ्जय सादाले रंगशाला बनाउन पाँच हजार सहयोग गर्नुभएको छ ।उहाँलाई धन्यवाद र बधाई छ ।’ भन्दा उपस्थित सबै चकित परे । धुर्मुस भावुक बने ।

मञ्जय सादा मञ्चमा आएर भने,‘धुर्मुस दाई लु लिनुस् यो भाइको तर्फबाट पाँच हजार ।’ जोडले ताली बज्यो । धुर्मुसले खादा, माला र अविर लगाई दिए । गाला मिल्दै भने,‘साँच्चिकै आज यो मेरो लागि खुशीको दिन हो । मुसहरको अभाव, पीडा हेरेर नमुना बस्ती बनाए । जिवनमा सुधार आयो । सबै बच्चा पढिरहेका छन्, सादय देशले यहि परिवर्तन खोजेको हो ।’ मञ्जयका दाई विल्टु सदा बस्तीको अध्यक्ष छन् । उनले पनि धुर्मुसलाई रंगशाला बनाउन मासिक एक सयको बचत गरेको रकमबाट पाँच हजार दिएका छन् ।

रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई चितवनको रामपुरमा सरकारले बीस बिगाहा ६ कठ्ठा जग्गा उपलब्ध गराएको छ । प्रदेश २ को होटल तथा पर्यटन व्यवसायीले शनिबार २२ लाख ४० हजार ५ सयको सहयोग घोषणा गरेको थियो ।

धुर्मुसको त्यो सानो सहयोगी भावनाले मञ्जयको जीवन मात्रै फेरिएको छैन । सहयोग रकमले हौसिएका मञ्जय बस्तीका बच्चालाई टियुसन पढाएर स्कूल पढ्न सहयोग गरे । आफु पढेर छिमेकीका बच्चालाई पढाउन शिक्षकको हैसियतमा पुगे । मञ्जय भने,‘धुर्मुस—सुन्तली मुसहरको भगवान् हुन्, उहाँहरु हाम्रो लागि सरकारभन्दा कम छैन ।’

ऋणले डुबेका परिवारमा जनेका मञ्जय साँहुको कर्जामै हुर्किरहेका थिए । तर, उनी अब शिक्षण पेशा गरेर महिनाको बीस हजार कमाउँछन् ।मञ्जयको दाई विल्टु मालिकको खेतमा उनकालागि ज्यालामजदुरीमा धान खेती गथें । तर, उनी लगायत बस्तीबासीले यस बर्ष मालिकको खेत अधियामा लिएर आफ्नो लागि तीन सय क्वीन्टल बढी धान फलाए । अहिले गहुँ खेती लगाएको विल्टु सुनाउँछन् ।

‘सबैले नेपालीले हामीलाई नमुना बस्ती बनाउन सहयोग नगरेको भए हाम्रो जीवन बन्दैन थियो,’उनले भने,‘रंगशाला बनाउन सहयोग गरेको फिल्डमा हामी सबैकोे छोराछोरीपनि खेलाडी भएर खेलाउँछन् । सकेको सहयोग हामीसबैले गरौं ।’

वाणिज्य संकायको स्नातक दोस्रो बर्षमा अध्ययनरत मञ्जय गणित बिषयका तेजिला शिक्षक कहिलएका छन् । नीजि विद्यालयमा कक्षादेखि ७ सम्म उनले पढाउँछन् ।
पच्चास घरधुरीको बसोबास रहेको महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्तीका मञ्जय एकला एसएसली उत्तिर्ण गरेको ठिटो हो । तीन सय जनसंख्या रहेको मुसहरहरुको बस्तीका मञ्जयलाई शैक्षिक समाग्री जुटाउन सहयोग गरेर शिक्षा रुपी दियोमा धुर्मुस —सुन्तलीले तीन बर्ष अघि तेल थप्ने काम गरेका थिए ।

१४ पौष, २०७२ को शितलहरमा बस्तीका मुसहरहरु कठियांग्रिरहेका थिए । पुस्तौंनी रोक, भोक र शोकले उनीहरुको अवस्थालाई दैनिय बनाएको थियो ।
बस्ती बीचमा धुर्मुस—सुन्तलीले मञ्जय सदा मुसहरलाई भेटेका थिए । माटोले लिपिएको सानो घरमा पढ्दै गरेको उनी २०७१ सालमा एसएलसी उत्तिर्ण भएका थिए । उनलाई पढेर के के नगर्ने भनेर बस्तीभरीकाले जिस्काउँथें । ‘ घर भित्र लुकेर पढ्थें । पढ्ने बेलामा सबैले हल्ला गरेर पढ्न दिदैंनथें,’उनले भने,‘जाँडरक्सी खाएर हल्ला गर्दा त्यती खेर म सुत्ने समय बनाएको थिए । सबै सुति सकेपछी त्यस समयमा म पढ्थें ।’ धुर्मुस—सुन्तलीको प्रेरणामा बस्ती भरीका बच्चाहरु स्कूल गइरहेको बताउँदै उनले भने,‘ साँच्चिकै हाम्रो दिन फेरियो । यस्तो दिन सबै गरिवीका बच्चाबच्चीको लागि कहिले आउँछ ।’

मदिरा पिउने र हल्ला गर्ने गाउँका मानिसहरु सन्तान पढाउन स्कूल लिएर जाने गरेको बस्तीका स्थानीय कारिमाझी मुसहर बताउँछन् ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...