२८ फाल्गुन २०७५, मंगलवार २१:२३  
image

अमृत कुमार महतो, बर्दिबास

सरकार र सिके राउत बिच भएको ११ बुदे सम्झौतालाई उल्घन गरेपछि वई सि एल नेपालले घोर आपती जनाएको छ ।

मुलुक यो गतिविधीमा अगाडी बढिरहेको बेला राष्ट्रिय सर्वभौमसत्ता र राष्ट्रिय अखण्डता माथि चुनौती दिदै कथित स्वतन्त्र मधेश गठवन्धको नामबाट भैरहेको राष्ट्रिय बिरोधी गतिबिधी प्रति हामी चनाखो रहदै आएका छौ ।

यसै सन्दर्भमा स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतलाई पक्राउ गरी राज्य विप्लव विरुद्व मुद्दा चलाएतापनि साधारण तारेकमा रिहा गर्ने अदालतको आदेश पछि २०७५ फाल्गुन २४ गते नेपाल सरकारसंग भएको उक्त समुहको राष्ट्रियता, राष्ट्रिय सर्वभौमसत्तालाई अक्षुण राख्नेगरी लोकतान्त्रिक बिधिबाट जनाधिकार प्राप्त गर्ने सम्झौता प्रति हामी साकारत्मक भई सम्बन्धित पक्षलाई धन्यवाद पनि दिएका थियौं ।

तर सम्झौतको मसि सुक्न नपाउदै कथित स्वतन्त्र मधेश गठबन्धनको नाममा राष्ट्रिय एकता भौगोलिक अखण्डतामा आंच आउने गरि २०७५ फाल्गुन २६ गते जनकपुर बिमानस्थलमा भएको स्वतन्त्र मधेश उल्लेखित ब्यानर प्लेकार्ड तथा लगाएका नाराहरुले देशलाई फेरी बिखण्डन द्वन्द र मुठभेडमा लाने र देशलाई संकटग्रसत बनाएर पराधिन बनाउने दुष्प्रयाश प्रति सचेत रहन नेपाल सरकार र आम नेपाली नागरिकलाई सचेत हुन समेत वई सि एल नेपालले अपिल गरेका छन् ।

स्वतन्त्र मधेश गठवन्धनलाई फाल्गुन २४ गतेको नेपाल सरकारसंगको सम्भौता कार्यान्वयन गर्न राष्ट्र,राष्ट्रियता र सवभौमसत्ताप्रति प्रतिबद्व रहदै संविधान प्रदत्त लोकतान्त्रिक बिधीबाट अघि बढ्न जोडदार अपिल गर्दै यस्ता गतिबिधी बिरुद्व आम जनताको साथमा रहि कडा संघर्ष गर्ने बाध्य हुने वई सि एल नेपालको पे्रश बक्तव्यमा जनाएको हो ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...