२९ फाल्गुन २०७५, बुधबार ०९:०४  
image

महोत्तरीपोस्ट समाचारदाता।

मिथिला मध्यमा परिक्रमा बुधबार (आज) महोत्तरीको भंगहा नगरपालिका स्थित कंचनवन पुगेको छ । गएको बुधबारदेखि विधिवत रुपमा शुभारम्भ भएको परिक्रमा महोत्तरी जिल्लाको अन्तिम पडाब (बासस्थल) पुगेको हो ।

कंचनवनमा परिक्रमा यात्रीको लागि परिवार , कुटुम्ब, माइती, इष्टमित्रले भोजन लिएर जाने गरेको चलन रहेको छ । घरमा भोजनको विभिन्न परिकार बनाएर आफनो परिवारका सदस्य महोत्तरीको कंचनवन पुग्ने गरेका छन । घरबाट निस्केको सातौ दिनमा कंचनवनमा घरकै भोजन ग्रहण गर्ने गरेका छ।कंचनवनमा साधुसन्तहरु एकआपसमा रंग अबीर दलेर होलीको विधिवत सुरुवात गर्ने छन । कंचनवनमा साधुसन्तले होली मनाएपछि मिथिलामा होली पर्वको विधिवत सुरुवात भएको मानिन्छ । कंचनवनमा भव्य मेलाको आयोजना हुँदै आएको छ । स्थानीय संघसंस्था, जनप्रतिनिधिहरुले परिक्रमा डोलाको गर्नेछ ।

यसअघि परिक्रमा मंगलबार ध्रुवकुण्डमा बास बसेको छ । महोत्तरीको बलवा नगरपलिका अन्तर्गत रहेको ध्रुवकुण्डमा स्थानीय संघसंस्था र मीणहरुले परिक्रमा डोलाको स्वागत गरेको छ । परिक्रमा यात्रीलाई दाउरा, बास बस्न पराल लगायतको समा ग्रीहरु उपलब्ध गराएको थियो । यसअघि सोमबार परिक्रमा डोला महोत्तरीको मडैमा थियो ।

समाचार सभार Nepal daily

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...