५ चैत्र २०७५, मंगलवार १६:२५  
image

काठमाडौं

क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्न बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन् । गत वर्ष दिल्ली डेयर डेभिल्समा आबद्ध भएका उनले यो सिजन पनि सोही क्लबमार्फत खेल्नेछन् ।

यसपल्टको आइपिएलमा नाम फेरिएको दिल्ली क्यापिटल्सका लागि उनको भूमिका महत्त्वपूर्ण हुनेछ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको ठूलो अनुभव बटुलिसकेका उनलाई दिल्लीले टिमका मुख्य प्रभावशाली खेलाडीका रूपमा मैदानमा उतार्ने अनुमान गरिएको छ ।

दिल्ली जानु एक दिन अघि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका छन् । ‘गएको वर्ष आइपिएलमा खेल्ने बेलादेखि धेरै नै उत्साहित थिएँ । त्यो बेला अन्तिममा पाएको तीन खेलमा आफूलाई प्रमाणित गर्न सकेँ’ उनले भने, ‘हरेक पटक मनदेखि उत्साहित हुन्छु । फेरि पनि मैले आफूलाई प्रमाणित गर्न पाएँ भने सुनमा सुगन्ध नै हुन्छ ।’

बिग व्यास लिगमा मेलबर्न स्टार्सलाई फाइनलमा पु¥याएका सन्दीपले यस पटक आइपिएलमा आफ्नो टोलीलाई पनि फाइनलसम्म पु¥याउने आस रहेको बताउँछन् ।

‘मलाई पूरा विश्वास छ, यसपल्ट मैले धेरै भन्दा धेरै मौका पाउने छु,’ उनले भने, ‘म निकै उत्साहित छु । मलाई लाग्छ, यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ ।’ यो सिजनमा आफूमाथि राम्रो प्रदर्शन गर्ने चुनौती रहेको उनले सुनाए ।

गत वर्ष उनले दिल्लीका लागि तीन खेल मात्र खेल्न पाएका थिए । यद्यपि उनले तीन खेलेका तीन खेलमा आफूलाई उत्कृष्ट साबित गरे । सन्दीपले त्यति बेला कम मौका पाए पनि उनको प्रदर्शनको चौतर्फी प्रशंसा भएको थियो ।

यस सिजनको आइपिएल मार्च २३ बाट सुरु हुँदैछ ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...