१० चैत्र २०७५, आईतवार १०:४०  
image


धर्वेन्द्र कुमार यादव,औरही।

आज आइतबार बाट यो वर्षको एसइई परीक्षा शुरु भएको छ । परीक्षामा मा ४ लाख ७५ हजार ३ परीक्षार्थीले सहभागिता जनउदै छन । प्रदेश सरकारको व्यवस्थापनमा सय पटकको परीक्षा हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्षका ५ हजार ८ सय ८३ र नया कोर्षका ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट विद्यार्थी सहभागि हुदैछन । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ परीक्षर्थी सहभागि हुदैछन् । सबैभन्दा कम प्रदेश ६ मा छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षा दिदैछन् ।

प्रदेश १ बाट ८३ हजार ८ सय १८, २ बाट ७० हजार ५ सय १८, ४ बाट ४८ हजार ६३, ५ बाट ७६ हजार ९ सय ८३ र ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुने भएका छन् । काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुनेछन् । साधारणतर्फको अनिवार्य ६ वटा विषयका फरक–फरक बनाइएको छ ।

गत वर्ष चार किसिमको प्रश्न सोधिएको थियो । प्राविधिक र संस्कृत तर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने भएका छन् । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुने भएको छ । १ हजार ९ सय ६९ परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी, सुरक्षाकर्मी गरी ७२ हजार ६ सय ७१ कर्मचारी परिचालित हुने नियन्त्रक अधिकारीले बताउनुभयो ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...