१२ चैत्र २०७५, मंगलवार २०:२१  
image

अमृत कुमार महतो, बर्दिबास महोत्तरी ।

वर्दिवास उधोग वाणिज्य संघको आयोजनामा चैत्र ८ गते शुक्रवारदेखि दोश्रो वर्दिवास महोत्सव तामझामसाथ सुरु भएको छ । ‘हिमाल पहाड तराई कोही छैन पराई , आपसि सद्धभावको पहिचान वर्दिवासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित सुरु भएको महोत्सव १८ चैतसम्म चल्ने छ । महोत्सवको सम्पुर्ण जिम्मेवारी बिषयमा वर्दिवास उधोग वाणिज्य संघका महासचिव भवनाथ खतिवडा महोत्तरी पोस्ट अनलाईल प्रतिनिधीसंगको कुराकानी ः

दोस्रो बर्दिबास महोत्सवमा उद्योग वाणिज्य संघका के कस्ता जिम्मेवारी छन् ?

अहिले महोत्सवको लागी आवश्यक पर्ने सम्पुर्ण जिम्मेवारी बर्दिबास उधोग बाणिज्य संघको हो । टिकट काट्ने देखि कलाकार व्यवस्थापन स्टेज प्रोग्राम लगायतका सम्पुर्ण जिम्मेवारी वहन गर्दै पहिलो बर्दिबास महोत्सव भन्दा पृथक बनाउनको लागी बर्दिबास उधोग वाणिज्य संघका पदाधिकारीहरु र सदस्यहरु सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको सबै कामहरुको जिम्मा लिएर अगाडी बढेको अवस्था छ । सरसर्ति भन्नु पर्दा महोत्सवकोलाई सवल र सफल तरिकाले अन्तिम सम्म पुर्याउने तयारी रहेकोे छ ।

दोस्रो बर्दिबास महोत्सवको मुख्य आकर्षण के हो ?

साँच्नै भन्नु पर्दा यस बर्षको महोत्सवमा समावेश भएका सबै बिषयहरु आकर्षणको कन्द्र बिन्दु हो । प्रदेश नम्बर – २ स्तरीय बर्दिबास महोत्सवमा महोत्तरी, धनुषा र सलार्ही भन्दा पनि हामिले ७७ वटै जिल्लालाई समेटिएका छौँ । यस बर्ष हामिले बर्दिबास नगरपालिकासंग सहकार्य गरेर बिभिन जिल्लाबाट आएका व्यपारी तथा कृषकहरुलाई सहयोग स्वरुप केही रकम लिएर स्टल उपलब्ध गराएका छौँ । त्यस्तै, महोत्सवमा स्थानिय कालाकार लगायतका राष्ट्रिय कालाकारहरुको समेत प्रत्यक्षरुपमा गितबाट मनोरञ्जन लिन सकिने व्यवस्था रहेको छ । हाम्रो प्रयास भनेको जिल्लामा रहेका सबै वस्तुहरु बजारीकरण, प्रर्दशनि तथा लोपोन्मुख रहेका वस्तुहरुको उजागर गर्नु नै हो । बर्दिबास भित्र पलास्टीक मिसाएका घर ढोका बनाउने उधोग बर्दिबासमा खुलेको छ । त्यो घर ढोका महोत्सबमा आकर्षकको रुपमा प्रदशर्नी रहेको छ । महोत्सबमा चिया, खुवा,बिभिन्न किसिमका हर्वलहरु, बर्दिबासमा उत्पादीत हरेक सामग्रीहरु लगायत बाहिर जिल्लाका उत्पादित बस्तुहरु पनि आकर्षकको रुपमा पाउनुको साथै बर्दिबासकै ५ फिटको केला, ४ किलो बरावरको काउली, लगायत बर्दिबासमै बिभिन्न किसिमको अचारहरुलाई मुख्य आकर्षक बस्तु बनाएका छौ ।

यसपालिको महोत्सवमा एसइई परीक्षा कारण महत्व घटिरहेको छैन र ?

महत्व घट्ने भन्ने नै हुँदैन, जसरी हामीले यसलाई प्रदेश स्तरीय नामाकरण गरेर यसको व्यापकतामा जोड दिएका छौं, त्यसैगरी यसको गरीमा वढाउन पनि हामी क्रियाशिल रहेका छौं । एसइई परिक्षा दिने भाइबहिनीहरु १५–१६ बर्षका हुन्छन् । मनोञ्जन गरौं वा महोत्सब हेर्न जाँउ भन्ने सोच बनाउनु भन्दा एसइई परिक्षामा सफल हुनुनै महोत्सबको लागि गर्भको कुरा हो । जहाँसम्म एसइई भन्ने सवाल छ यो हामीले पहिलोे महोत्सवमा देखि सकेका छौ । विद्यार्थी भाइबहिनीहरु आ–आफ्ना परिवारको साथमा आउने गर्थे, हामीलाई जुन कुरा बढी आवश्यक देखिन्छ । त्यो कामलाई पहिलो प्राथमिक्ता राखेर गर्नुपर्छ । अगामी दिनहरुमा पनि महोत्सब भई रहन्छन् , यसपली समय अनकुल एसइई परीक्षामा परेकोले विद्यार्थी भाइबहिनीहरुले दुख मानेको हो भने महोत्सब भन्दा ठुलो भाइबहिनीहरुको एसइई परीक्षा हो । त्यसैले महोत्सबमा बढी ध्यान नदिई परीक्षातिर ध्यान दियो भने महोत्सब आफै सफल हुन्छ । बर्दिबास नगरपालिका भित्र रहेका एसइई परीक्षार्थीहरुलाई आग्रीम शुभकामना पनि दिन चाहन्छौ । भाइबहिनीहरु राम्रो अंक प्राप्त गर्नुनै हाम्रो लागि सफलता हो ।

सुरुमै बिवादित महोत्सवलाई अन्तिमसम्म कसरी लानुहुन्छ ?

साँच्नै राम्रो प्रश्न गर्नु भयो । ‘‘महोत्सव भनेको उद्योग वाणिज्य संघको होईन, समग्र बर्दिबासे नागरिकहरुको हो’’ । सबै नागरिकहरुको महोत्सवलाई भब्य र सभ्य बनाउने दायित्व तथा जिम्मेवारी रहेको छ । हामिले त मात्रै यसको नेतृत्व गरेका हौँ, समन्वय गरेका हौँ । हामीले पहिलो बर्दिबास महोत्सब विविध कारणले सहजताका साथ महोत्सव गर्न पाएनौं र यसपटक सबै असहजताको अन्त्य भएका कारण पनि हामी उत्साहित भएका हौं ।
तसर्थ शुरुमा हामीले प्रमुख अथितिका लागि निर्णय गरिसकेका थियौं । पछि साथीहरु संग केही बिषयमा छलफल भएको हो । महोत्सब विवादीत छैन । बहिरी हल्ला मात्र भएको हो । महोत्सबमा सबैले सहयोग गरेका छन् । कसैले असहज बनाएको छैन् । राजनितिक दल देखि बर्दिबास नगरबासी र बिभिन्न संघसंस्थाका प्रमुखहरुको सहयोगले उद्घघाटन समाहरो भव्यताको साथ सम्पन्न भएको छ । बर्दिबास उधोग वाणिज्य संघमा आबद्ध भएका सदस्यहरुले पनि महोत्सव अवनत्व लिओस भन्ने हाम्रो चाहना पहिलो महोत्सवमा पनि थियो । तर यस बर्षमा आएर पुरा गर्दैछौ । काम गर्दा सबै कुराहरु राम्रो हुन्छ भन्ने छैन् । तर गर्दै जाँदा त्यसलाई ब्यबस्थित र पुरिस्कृत गर्दै लानु पर्छ हामिले पनि त्यहि गरेका छौँ । विवादका कुरा गर्नु हुन्छ भने महोत्सब विवादित छैन् ।

महोत्सव नाफामै हुन्छन, तर त्यो नाफा रचनात्मक काममा खर्च हुदैनन् भन्ने छ नि ?

त्यस्तो लाग्न सक्छ । हामीले पहिलो पटकको महोत्सवको आम्दानी खर्चलाई दुरुस्त राखेका छौं भने, अनावश्यक खर्चहरु कटौती गर्दे आएका छौं । समग्रमा भन्दा आर्थिक पारदर्शिता नै हाम्रो प्रमुख लक्ष्य हो । अब नाफा कहाँ प्रयोग भयो भनेर चासो राख्नु स्वाभाविक नै हो र हामीले हामीसंग भएको स्रोत साधनलाई रचनात्मक काममै लगाएका छौं । यसैगरी बर्दिबासमा हुने हरेक रचनात्मक कार्यक्रमहरुमा हामी सहयोगी वन्दै आएका छौं भने, बर्दिबास उधोग बाणिज्य संघ आफ्नो भवनको माथिल्लो तल्ला नथपी बर्दिबासमा रक्त सञ्चार केन्द्रको भवन बनाउन लागेका छन् । बर्दिबासमा कति व्यक्तीहरुलाई सहजै रगत प्राप्त नभई जनकपुरबाट ल्याउनु परेको देखिन्छ । जनकपुर जन आउन खठिन भएकोले बर्दिबासमै कति जनाको मृत्यु भएको कुरा हामी माझा आएकै हो । महोत्सबबाट आएका आम्दनीले रत्तलसञ्चारको भवन बनाउन यसपालीको महोत्सब उद्घघाटण कार्यक्रमा बर्दिबास उधोग बाणिज्य संघका अध्यक्षले घोषणा गरेको छ । रक्तसञ्चारको अधुरो भवन बनउने कार्यमा बर्दिबास उधोग बाणिज्य संघ जुटेका छन् । बर्दिबास मुख्य बजारलाई ध्यानमा राखेर अरु रचनात्मक कार्यहरु गर्ने बर्दिबास उधोग बाणिज्य संघको मुख्य बिषय हो ।

महोत्सवका कारण यहाँका स्थानीयले अरु के–के लाभ लिन सक्छन् ?

महोत्सव भन्नासाथ त्यहाँ दर्शकको उपस्थिती बढी हुन्छ र त्यसो हुँदा त्यहाँ बढी भन्दा बढी आर्थिक क्रियाकलाप हुन्छ नै । महोत्सवको अवधिभर यहाँका होटल व्यवसायले बढी भन्दा बढी कारोवार गर्ने अवस्था वन्छ भने सार्वजनिक सवारीका साधनहरुको आम्दानीमा पनि बढोत्तरी हुन्छ । त्यसैगरी स्थानीय कृषी उत्पादनहरुको बिक्रिबाट कृषकहरुले पर्याप्त लाभ लिन सक्छन भने उचित बजारीकरणको अभावमा रहेका स्थानीय उत्पादनहरुको विक्रिले स्थानीयहरुको आम्दानी वढाउँछ । यसैगरी महोत्सवमा हुने साँस्कृतिक कार्यक्रम र नृत्य प्रतियोगिता मार्फत स्थानीय कलाकारहरु तथा राष्ट्रिय कलाकारहरुको प्रतिभाले प्रष्फूटित हुने अवसर समेत पाउँछ । समग्रमा भन्दा महोत्सवको आयोजक बर्दिबास उधोग वाणिज्य संघ भएपनि फाईदा र लाभ स्थानीयलाई हुने निश्चित छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

महोत्तरी जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण र सम्भावनाहरु बोकेको बर्दिबास भएपनि हामीले ती सम्भावनाहरुलाई सार्थकतामा बदल्न सकेका छैनौं । धार्मिक पर्यटन प्रबर्धनको अत्यन्त सम्भावना देखिएपनि त्यसवाट खासै लाभ लिन नसकिएको यथार्थताका वीच अब हाम्रो ध्यान त्यसतर्फ पनि केन्द्रीत हुनु जरुरी छ । समग्रमा भन्दा सबै सम्भावनाहरुलाई सार्थकतामा बदल्न सामुहिक प्रयास आवश्यक छ र यसका लागि महोत्सव एउटा सम्भावनाको खोजी गर्ने र समाधान पहिल्याउने महत्वपुर्ण स्थल समेत वन्न सक्छ हामि सबै यसमा केन्द्रित हुन आवश्यक छ ।

भिडियो हेर्न यहाँ जानुहोस् ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...