१९ चैत्र २०७५, मंगलवार २०:२२  
image

गणेश यादव,जनकपुरधाम। जनकपुरको रंगभूमी मैदानमा सम्पन्न तेस्रो सहिद कप टी–२० क्रिकेटको उपाधि भारतको सोननेट क्रिकेट क्लब कानपुरले उपाधी उचाल्यो । आज मंगलबार सम्पन्न खेलमा आयोजक जनकपुर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कानपुरले उपाधिमाथी कब्जा गरेका छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले जितका लागि दिएको १ सय १४ रनको लक्ष्य कानपुरले १८ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गर्‍यो । कानपुरको जितमा सौरभ सिंहले अर्धशतक प्रहार गरे। ४० बलको सामना गरेका सौरभले ४ चौंका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै सुभम गुप्ताले ३८ बलमा ३४, दीपक पासवानले १३ बलमा १०, जिम्मी चकले १० बलमा ९ र शिबम दीक्षितले ७ बलमा ४ रन बनाए। जनकपुरले ९ रन अतिरिक्त दिएको थियो।

जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो। जनकपुरका लागि कप्तान अनिल मण्डलले सर्वाधिक ३६ रन बनाए। उनले ४० बलमा २ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै संसाद शेखले २२ बलमा २१, कुणाल किशोरले १२ बलमा १६, सुनील साहले ७ बलमा १५ रन, हरिशंकर साहले १९ बलमा १० र रञ्जन यादवले ५ बलमा ८ रनको योगदान दिएका थिए।

बलिङतर्फ कानपुरका शिवम दीक्षितले ४ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए। त्यस्तै अमन तिवारीले २ र एम डी वाशिदले १ विकेट लिए। फाइनल खेलमा कानपुरका सुभम दीक्षित ‘म्यान अफ दि म्याच’ घोषित भयो ।

प्रतियोगिताको विजेता कानपुरले नगद २ लाख ११ हजार र चाँदीको जानकी मंदिर अंकित ट्रफी प्राप्त गरेको छ। विजेता टोलीलाई राजपा नेपाल अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पुरस्कार प्रदान गरेका थिए। प्रथम पुरस्कार जनकपुर उप–महानगरपालिकाले उपलब्ध गराएको थियो। त्यस्तै उपविजेता बनेको जनकपुरले १ लाख ५ हजार नगद र ट्रफी प्राप्त गरेको छ ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...