२५ चैत्र २०७५, सोमबार १०:२७  
image


जनकपुरधाम।श्रम तथा रोजगार कार्यालय जनकपुरमा विचौलियामार्फत एक कर्मचारीले १३ हजार रुपैयाँ लिनेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रम स्वीकृत लिनका लागि लाईनमा बस्नु नपर्ने भन्दै एक जना सेवाग्राहीलाई रकम दिएमा काम सहज तरिकाले हुने भन्दै दुर्व्यवहार तथा ठगी गर्ने एक कर्मचारीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले धनुषाको कमला नगरपालिका–३ बस्ने कार्यालयमा करारमा कार्यरत ३६ वर्षीय रामभगत यादव, लक्ष्मीनिया गाउँपालिका–५ बस्ने सरोजकुमार यादव र जनकपुर उपमहानगरपालिका–१६ का २९ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पिडित सेवाग्राहीलाई १३ हजार रुपैयाँ लिई काम गराइदिन्छु भनी लिएको रकम काम नगरेपछि फिर्ता लिन जाँदा नदिएपछि ती पिडितले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । पिडित सेवाग्राहीको नाम भने गोप्य राखिएको छ ।

चैत २० गते नै प्रहरीले सोधपुछको क्रममा कर्मचारी र विचौलिया जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने २७ वर्षीय अजय साह समेतको संलग्न रहेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएको जिप्रका धनुषाले जनाएको छ ।

प्रहरी उपरीक्षक शेखर खनालकाअनुसार पक्राउ परेका ३ जनालाई सार्वजनिक हित विरुद्धको कसुर मुद्दामा दर्ता गरि आवश्यक अनुसन्धान गरि कारवाही हुने जनाए ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...