२५ चैत्र २०७५, सोमबार १३:१६  
image

बद्री नाथ झा,जनकपुरधाम ।असहाय संरक्षण मञ्च जनकपुरले बाराका हावाहुरी पीडितहरुलाई दोश्रो पटक पनि राहत प्रदान गरेको छ । मञ्चले हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई क्रिया खर्चका लागि जनही ५ हजार १ सय रुपैयाँ, खाना पकाउने एकसेट भाँडाकुँडा , लताकपडा तथा खाद्यान्न सामग्री प्रदान गरेको हो ।आईतवार साँझ जनकपुरबाट मञ्चका अध्यक्ष एवं समाजसेवी वैद्यनाथ साहको नेतृत्वमा हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा पुगेर मृतकहरुको परिवारलाई उक्त सामग्री प्रदान गरेका छन् । मञ्चले चार पीडित परिवारलाई टेन्ट घर पनि उपलब्ध गराएको छ ।

मञ्चका अध्यक्ष साहले मृतक परिवारहरु शोकमा डुबेकाले क्रिया खर्चको लागि पैसा र भाँडाकुँडा समेत नरहेकाले सनो रकम सहित खाना पकाउन एकसेट भाँडाकुरा उपलब्ध गराएको बताउनुभयो । पाँचदिन अघि पनि राहत संकलन गरेरै हावाहुरी पीडितहरुको घाउमा मलम लगाउन डेढसय घरपरिवारलाई जनही त्रिपाल, झुल र सुत्ने म्याट वितरण गरेको स्मरण गर्दै अध्यक्ष साहले अगामी दिनमा समेत पीडितहरुको लागि सकेसम्म सहयोग गर्न लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राहत संकलन एवं वितरणमा मधेशी महिला समाज र मडै सेवा समाजले समेत समन्वय गरेको थियो । राहत वितरण कार्यमा फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद, विरगञ्जनका समाजसेवी ओमप्रकाश सर्राफ र प्रकाश थारुले सघाउनु भएको थियो भने जनकपुरबाट सरसफाई अभियन्ता दीपक ठाकुर, समाजसेवी युवा अभियानी बद्रीनाथ झा, मधेशी महिला समाजकी अध्यक्ष रिनादेवी साह, रेनुका देवी साह लगायत सरिक हुनु भएको थियो ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...