२६ चैत्र २०७५, मंगलवार ११:२२  
image


महोत्तरीपोस्ट समाचारदाता ,महोत्तरी । महोत्तरीको लोहारपट्टि नगरपालिकामा दुई महिने बालकको लिंगको टुप्पोको बाहिरी छाला काट्दा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको छ । सोमबार राति इस्लाम धर्मको परम्परा निभाउने नाममा सोही नगरपालिका ५ का आशिक शेषका दुई महिने छोरा फिरोज शेष को मृत्यु भएको हो ।

धर्मअनुसार बालक खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काट्ने) गरिएको प्रहरीले जानकारी दिएको छ । खतना काटेपछि बालकको अत्यधिक रक्तस्राव भएको थियो ।

इस्लाम धर्मअनुसार परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाएर बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरेर खतना गरेका थिए । तर बालकको अत्यधिक रक्तस्राव भएपछि बालकलाई उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार घटनाबारे अनुसन्धान गरेर सम्बन्धित व्यत्ति लाई पक्राउ गर्न प्रहरी टोली खटाएको छ ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...