२८ चैत्र २०७५, बिहीबार ०५:१९  
image

जनकपुर। राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । विभिन्न मागहरु पूरा गराउने उद्देश्यले दबाबस्वरुप राजपाले देशभर प्रदर्शन गर्न लागको हो ।

मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानबिन प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन गर्ने निर्णय गरको हो ।

यस्तै राजपाले संविधान संशोधनको माग पूरा गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनकारी माथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न माग गरेको छ ।

त्यसैगरी लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षडयन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर्न राजपाले सरकारसँग माग गरेको छ ।

राष्ट्रिय अखण्डता र एकतालाई कमजोर नपार्न, राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर्न माग गर्दै राजपाले शुक्रबार देशभर प्रदर्शन गर्न लागेको हो ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...