२८ चैत्र २०७५, बिहीबार ०७:३२  
image

अमृत कुमार महतो,बर्दिबास ।

पानीको समस्या एउटा यस्तो विषय हो, जसले मानव जीवनलाई कष्टकर बनाइदिन्छ । जसरीे इनार वा ओभरहेड ट्याँकी रित्तो हुँदा बाथरुममा पानी हुदैन, भान्छामा पानी आउँदैन र लुगा धुने, भाडा माझ्ने, ट्वाइलेट जान समेत समस्या उत्पन्न हुन्छ । यस्तै बर्दिबासमा अधिकांश मानिसको पानीको समस्या छ ।

शहरी क्षेत्रमा पानीको केही विकल्प उपलव्ध छन, जारको पानी किन्ने, बजारबाट ट्याङ्करको पानी किन्ने, र पानी संस्थानबाट पानी मगाउने तर गाँउमा पानीको दुःख नहोस् भनेर निर्माण गरेका पानी ट्याँकी संचालनमा नआउनाले गाँउका मानिसहरुले कतिको दुःख भोग्दै आएको होलान् । खानेपानी ट्याँकी संचाल नभई इनारको धमिलो पानी खादै आएको लामो समय भइसकेको छ । तर, राजनैतिक द्वन्द र अन्य कतिपय कारणले खानेपानी ट्याँकी संचालनमा नआएकोे चर्चाको विषयसम्म बनेन् ।

शहर बजारमा उपलव्ध विकल्पहरु गाँउमा उपलव्ध हुने कुरो भएन । बर्दिबास नगरपालिकाका लागि न त ट्यांकर बजार छ, न त इनार खनेर नै सम्भव छ । अब विचार गरौँ,े धमिलो पानी कारण बर्दिबासका स्थानीय बासिन्दाको दैनिकी कस्तो भएको होला ? घर घरमा ट्वाइलेटमा पानी हुदैन, भान्छाका लागि अन्य स्रोतबाट पानी जेनतेन ओसार्नुपर्छ । लुगा धुन, नुहाउनलाई कि त घरदेखि टाँढाकोे क्रसरमै पुग्नुपर्छ, कि मैलो नै बस्नुपर्छ । कुनै–कुनै ठाउँमा ट्रयाक्टर वा पिकअप गाडीले टाँढाबाट पानी ओसार्ने गरिएको छ । तर, यसरी ओसार्दा सीमित मात्रै पानी उपलव्ध हुने भएकाले पानीको मुहान बचाउनु् , इनार मर्मत र खानेपानी ट्याँकी संचालनमा ल्याउनुनैै विकल्प रहेकोे छ ।

बर्दिबासको केही ठाँउमा अहिलेसम्म पानीकै लागि भनेर पैसा तिर्नु पर्दैनथ्यो । विना शुल्क उपलब्ध हुँदै आएको गाउँको पानी सुकेपछि पानी उपलव्ध गराउन खानेपानीको लागि प्रयोग हुने प्रविधि अनुसारको शुल्क तिररे पानी खान खोजे पनि स्थानीय सरकारले उपल्वध नगराउनु कस्तो विडम्बना होला ?

शहरीया समुदायलाई पानी उपल्व४ गराएर मात्र हुदैन । गाँउले किसानहरुको खेती र पशु पालनका लागि पनि पानी चाहिन्छ । ट्रयाक्टरले ओसार्ने पानीले भातभान्छालाई पुगे पनि बस्तुभाउलाई पुग्दैन, खेतीको त कुरै छाडौँ । खेती र पशुपालन टिकाउन सकिएन भने गाँउमा बस्न सकिन्न ? । कुराकाटेर वा भाषणमा सिमित रहेर मूलधारको विकासको एजेण्डा बन्दैनन् ।

दूषित पानीकै कारण के कति परिवार विरामी भए भन्ने लेखाजोखा भएको छैन तर उल्लेख्य संख्यामा स्थानीयहरु खोकीले पिडीत हुदै आएका छन् । वातावरणका कारण बर्दिबासकोे यो अवस्था हरेक बर्ष बढ्दो छ । बर्दिबासको स्थानीयहरु कुन अवस्थामा बाँचेका होलान् ? अनुमान मात्र गर्न सकिन्छ ।

हाम्रो विकास आयोजना र कार्यक्रमहरु प्रायः नयाँ भौतिक संरचनाको निर्माणमा केन्द्रित छन, जसले गर्दा पानीको मुहान लगायत सयौंको संख्यामा हराउँदै गएका इनारहरु हाम्रो विकास सोचको केन्द्रबाट हराउदै गएको छ । विगत केही वर्षदेखि बर्दिबासको इनारहरु सुख्खा इनारमा परिणत हुने हाम्रो उदासीनता झल्काउने उदाहरण बनेको छ ।

बर्दिबासमा ६१ प्रतिशतले इनार सुक्दै जानुे भन्ने अवस्थामा पुग्नु यही उदासीनताको अर्काे पाटो पनि हो ।

यस अवस्थामा हामी दिगो विकासको कुरो गर्दैछौ । बर्दिबास नगरपालिकाले अबको ४ बर्षमा बर्दिबासको गरिबीलाई घटाएर ५ प्रतिशतमा ल्याउने, र कृषि उब्जनी जग्गालाई ५ प्रतिशतमा दिगो राख्ने प्रतिवद्धता जनाएपनि पोषण र स्वास्थ्यको क्षेत्रमा अत्याधिक सुधार गर्नु पर्ने छ । सबै गरिब, निमुखा, विभेदमा परेका समुदायलाई फाइदा पुग्ने दिगो विकासका यस्ता लक्ष्य कसरी प्राप्त होला ? जब कि पानीकै मात्र कारणले स्थानीयहरु विरामी हुँदै आएका छन् ।

बर्दिबासको दिगो विकासका लागि माटो पानीको आाधारभूत विषयमा फर्कनै पर्छ, किनकि हाम्रो बाँच्ने आधार यहि माटो पानीमा अडेको ग्रामीण अर्थतन्त्रले बनेको छ । दुई तिहाई मानिस कृषिमा आधारित छन् । विगतका दिनहरुमा प्राकृतिक स्रोत जोगाउन गरिएको अपार सफलता प्राप्त नभएको पनि हैन । यही अवस्थामा बर्दिबासको ठूलो भागका बासिन्दाले पानीको मूल सुकेको गुनासो गर्नु भनेको अत्यन्त गम्भीर समस्या हो ।

समयले हामीलाई त्यहीँ ल्याइर्पुयाएको छ । किनकि साउने मूल फेरि पलाउने अवस्थामा र्पुयाउन नसकुन्जेल दिगो विकासका लक्ष्यहरु– गरिबी अन्त्य, (भोकमरी अन्त्य, सुस्वास्थ र समृध्द जीवन,स्वच्छ पिउनेपानी र सरसफाई, दिगो उपभोग तथा उत्पादन, जलवायु पहल जस्ता लक्ष्य हासिल गर्न कठिन हुन्छ । त्यसैले जलस्रोत विज्ञ र पानी बिषयमा काम गर्ने संस्थाहरुले मूलाधारको विषयमा छलफल र अध्ययन गर्नुपर्ने जरुरी भएको छ ।

ग्रामीण अर्थतन्त्रका मुख्य आधारका रुपमा रहेको कृषि, र पानी जस्ता विषयको विकास अब स्थानीय सरकारहरुको जिम्मा आएको छ । दिगो विकासका कतिपय लक्ष्य हासिल गर्ने बर्दिबासलाई महत्वपूर्ण पाटो अब स्थानीय सरकारहरुले गर्ने काम र लिने कदममा निर्भर हुन्छ । अहिलेको समय बर्दिबासको उर्जालाई प्राकृतिक संरचनाको पुनस्र्थापना गराउँदै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा उन्मुख गराउने राम्रो अवसर हो ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...