२८ चैत्र २०७५, बिहीबार १३:५४  
image

अमृत कुमार महतो, महोत्तरी ।

महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरमा बदेलको आक्रमण बाट तिनजना गम्भिर घाईते भएर अस्पतालमा भर्ना भएको छ । भने ६ जना समान्य घाईते भएका छन ।

अस्पतालमा भर्ना हुनेमा बर्दिबास नगरपालिका वडा नम्वर – ९, पशुपतिनगरका ३० बर्षिय घुरनी देवी महतो, ३५ बर्षिय कालाबत्ती देवी र २५ बर्षिय सुभाष आले रहेको छ भने, घाईतेहरुमा श्रवण महतो, नथुनि महतो,विपिन महतो, भजन महतो,मंगल राम र राजकुमार महतो रहेका छन् ।

गम्भीर घाईते घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचार पछि जनकपुर अञ्चल अस्पतालले धरान रिफर गरेको घाईतेको परिवार जनले जानकारी दिएका छ । त्यसैगरी सुभाष आलेलाई जनकपुर अञ्चल अस्पतालमा लगिएको छ । भने कालाबत्ती देवीलाई उपचारको लागि लालगढ स्थित मोडेल होस्पिटमा लगिएकोे इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरिक्षक अशोक कुमार साहले जानकारी दिएको छ ।

गाँउमा बदेल आयर बर्दिबास नगरपालिका – ९, का रबिन्द्र महतोले चलाउदै गरेको ज ८ प ८७८२ नम्वरको मोटर सायकलमा र ज १ ह ४५८० नम्वरको अटो रिक्सामा धक्का दिदा मोटर सायकल र अटो रिक्समा पनि क्षती भएको र बदेलको दाँत भाचेर झरेको चालकले बताए ।

कोही आफ्नै घरमा बसिरहेको बेला त कोही खेतमा काम गरिरहेको बेलामा एक्कासी बदेलले आक्रमण गरेर मानिसलाई घाईते बनाएको स्थानिय बासिहरुले बताए ।

बदेलले आक्रमन गर्न थालेपछि पशुपतिनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेशलाई स्थानीयहरुले हार गुहार गर्दा पनि प्रहरीले कुनै सहयोग नगरेको भन्दै आक्रोशीत स्थानीयहरुले वेशमा ढुङ्गामुढा गरेका छन् ।
बदेलमाथी प्रहरीले गोली किन प्रहर गरेन भन्दै स्थानीयहरुले ढुङ्गामुढा गर्दै प्रहरीले सुरक्षाका लागि लगाएका घेराबेरा उखेल्दै ढुङ्गामुढा गरेको र ढुङ्गामुढा क्रममा सेन्टीमा बसेको एक जना जवान घाईत भएको सशस्त्र वेश क्याम्प पशुपतिनगरले जनाएको छ ।

हामीले तिरेको करबाट नगरपलिकाले वेश क्यापका लागि १० लाखको बजेट दिएर भवन निर्माण गर्न लागेका छन् । तर हामीलाई सुरक्षा दिदैन भने हाम्रो गाँउमा वेस क्याम्प राख्नुको कुनै अर्थ नरहेको समाजसेवी महेन्द्र महतोले आक्रोस पोखे । उनलेभने,‘ पशुपतिनगरमा पनि राम्रो संग डियूटी गर्दैनन् । सरकारले प्रहरी जनतालाई सुरक्षा दिन राखेका छन् । नकी प्रहरीको पोसाक लगाएर बस्नलाई’ ।

भंगहा नगरपालिकाले जुन हिसाबले बर्दिबास नगरपालिकाको छेउछाउमा बनजंगल लगाई रहेको छ । यसलाई तुरन्त रोक्नुपर्ने पशुपतिनगरको स्थानीयहरुले स्थानीय सरकार संग माग गरेको छ । बनजंगल नभए जंगली बदेलले आक्रमण गर्छ भने, भंगहा नगरपालिकाले लगाएको बनमा त बाघ र भालु आएर मान्छे मार्न सक्ने भएकोले बर्दिबास नगरपालिकाले यो बिषयमा सोच्नुपर्ने स्थानीय समाजसेवी राम जतन महतोले बताए ।

आक्रमक बदेललाई सम्वन्धीत निकाय र प्रहरीले नियन्त्रणमा लिनुपर्ने हिसाबले प्रहरीलाई दबाव दिन छलफल अगाडी बढाएको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताए । उनले गाँउबासीलाई सर्तक रहन अनुरोध गरेका छन् ।

एसपीलाई भनेर आक्रमक बदेललाई नियन्त्रणमा लिन अनुरोध गरेको छु ,र घाईतेहरुको नाम लिस्ट पाउन साथ घाईतेको लागि अस्पतालमा बिषेश रुपमा पहल गर्ने बर्दिबास नगरपालकाका मेयर बिदुर कुमार कार्कीले बताए ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...