२८ चैत्र २०७५, बिहीबार १४:२६  
image

महोत्तरीपोस्ट , महोत्तरी

महोत्तरी जिल्लाको औरही नगरपालिका– १ मा दुई महिनादेखि बन्धक बनाई राखिएकी एक भारतीय किशोरीको प्रहरीले उद्धार गरेको छ ।

औरही नगरपालिका–१ का आलम अंसारीको घरमा बन्धक बनाई राखिएकी भारत बिहारको सीतामढी जिल्ला पिपरा बिसनपुर–७ की १५ वर्षीया विन्दुकुमारी यादवको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

किशोरीलाई सोही ठाउँका मोहमद अंसारीले ललाई फकाई ल्याएर आलमको घरमा पु¥याएका थिए । स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । मंगलबार ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिगएको टोलीले आलमको घरबाट किशोरीको उद्धार गरेको हो ।

किशोरीलाई ललाई फकाई ल्याउने अंसारीलाई समेत पक्राऊ गरी ईलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । भने घरधनी आलम फरार रहेका छन् ।

स्रोत : द पब्लिक टुडे दैनि पत्रिका

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...