२८ चैत्र २०७५, बिहीबार १८:२८  
image

गणेश यादव, जनकपुरधाम

अवैध सरसमान सहित ३ जना तस्कर धनुषा प्रहरीको नियन्त्रणमा आएको छ । नेपाल देखि भारत तर्फ लगिरहेको अबैध १७० काटुन स्याउ र ज १ च १६६९ नम्वरको मालबाहक बोलेरो पिकअप नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्किले जानकारी दिएको छ ।

उनले भने लुकाई छिपाई भारत तर्फ लगिरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको विशेष टोलीले धनुषाको धनौजी गाँउपालिका वाडा ४ बाट अबैध स्याउ बोकेका गाडी र जनकपुरधाम उपमहानगरपालिका १९ बस्ने गाडी चालक प्रविण ठाकुर र तस्कर स्याउ धनि विदेह नगरपालिका ९ बस्ने सुरेन्द्र राईलाई नियन्त्रणमा लिएको छ भने तस्कर राईबारे थप अनुशंन्धान भईरहेको छ ।

त्यसैगरी धनुषाको धनौजी वडा नम्बर ४ स्थित लवारिसे अबस्थामा २५ किलोको ८ ओटा बोरामा राखिएको २ सय केजी मरिच प्रहरीले बरामद गरेको छ । तस्करहरू प्रहरीलाई देख्ने वितिकै मरिचको बोरा फालेर भागेको हुन सकिने प्रहरीको भनाई छ ।

त्यसै भारतबाट जनकपुरधामा तस्करी गर्दै ल्याएर जनकपुरधाम उपमहानगरपालिका ८ स्थित लालबाबु साहको घरमा रहेको गोदाममा अबैध गुट्खा स्टोर गरेर राखेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष टोलिले छापा हानेर ९ बोरा २३ प्याकेट गुटखा र तस्करी गरेर राखने जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने सिया शरण साहलाई नियन्त्रणमा लिएको छ ।

बरामद भएको स्याउ,मरिच र गुट्खा भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ भने पक्राउ परेका ३ नै जना माथि थप अनुसंन्धान भईरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा सक्रिय भएपछि ठुलो सफलता हात पार्दै आएको छ । सिमानाकामा प्रहरी चौकी हुनुका साथै सिमानाकाका प्रहरी चौकीहरूले चेक पोईन्ट थापेर बस्दा पनि तस्करहरू प्रहरीको साठगाँठमा तस्करीको संख्या बढदै गएको छ ।

सिमानाकामा प्रहरीहरू हुदा पनि यसरी तस्करको ट्रान्जिष्ट पोईन्ट बनेको छ । सिमानाकामा काडाका साथ प्रस्तुत हुन र तस्कर, लागुऔषद सेवन गर्दा लगायतलाई धपाउन आफु आदेश दिएको छ । नाकामा गल्ती गर्ने प्रहरी होस् या आम जनता फेला परे कार्वाही गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...