३० चैत्र २०७५, शनिबार १२:०१  
image

अमृत कुमार महतो, बर्दिबास

नेपाल सरकारले न्यूनतम रोजगारीको अवसर नपाएको यूवाहरुकोे लागि न्यूनतम रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार दर्ताका लागि निवेदन फारम निशुल्क उपल्वध गराएपनि महोत्तरी जिल्लाको भंगहा नगरपालिका ८ पररीयाका स्थानीयहरुलाई १ देखी २ सय सम्म पैसा तिरेर फारम लिनु परेको हो ।

फाल्गुन २४ गतेबाट वडा कार्यालय सचिव बिहिन रहेको छ । सचिव बिहिन कार्यालयको मौका छोपी वडा अध्यक्ष महोमद रफिक आलमको आफन्त निशुल्कमा पाउने फारम एक सयको दरले बेचिरहेको स्थानीयहरुले गुनासो गरेको थियो ।

गुनासो बढेपछि भंगहाको पररीया चोक स्थित हमराह वस्त्रालयका संचालक सकिल राईनललाई बेरोजगार दर्ताका लागि दिने निवेदन फारम छ । पत्रकारको टोली सोधेको थियो । राईलेभने, छ तर पैसामा तिरेर लिनुपर्छे । फारम बहिरबाट किनेर ल्याएको बताउदैे निशुल्क लिनेलाई नगरपालिका जानुपर्छ , पररीयामा पाउदैन । यहाँ पैसा तिरेर मात्र फारम पाउछ उनलेभने । धेरै प्रयास पछि निशुल्क फारम ८० रुपैयामा पत्रकारलाई दिए ।

यो बिषयमा भंगहा नगरपालिकाका रोजगार संयोजक सुर्य नरायण ठाकुरले हामीले सकिललाई फारम नदिएको बताए । नगरपालिकाले भरपाई गराएर मात्र वडामा पठाउने भएकोले सकिललाई नदिएको उनले भने ।

नगरपालिकाले आफै छपाएर वडा कार्यालयमा पठाएको छ । जसले पैशामा बिक्री बितरण गरेको छ , त्यस्ता व्यक्तिलाई नगरपालिकाले छलफल गरेर कार्वाही गर्ने भंगहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।

राईनको अहिले फरार रहेकोले खोजतलास कार्य जारी रहेको भंगहा सितापुर चौकीका प्र.ना.नि झमक धिमिरेले जानकारी दिएको छ ।

भिडियो

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...