३० चैत्र २०७५, शनिबार १५:२४  
image

अमृत कुमार महतो, बर्दिबास

कतिपय जनप्रतिनिधीहरु आश्वासन पूरा गर्न लागि परे भने कतिपय बिवादित बनिरहेका छन् । केहीले भने केही सकरात्मक कार्यको सुरुआत गरेका छन् । बर्दिबासका यस्तो पनि जनप्रतिनिधि छन्, जसले राज्यबाट पाउने सुबिधालाई जनतामाथि व्यहवार थपिने भन्दै मोटरसाईकल सुविधा नलिने बताएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष राजन ढुङ्गानाले यातयातको सुबिधा नलिने बताएका हुन् । राज्यबाट लिन मिल्ने भएपनि उनले निजी काममा प्रयोग गर्ने परिपाटीलाई अत्य गर्न भन्दै यातायातको सुबिधा नलिने बताएका हुन् ।निर्वाचित भएको दुई वर्ष हुन लाग्दा उनी आफनै यातायात प्रयोग गरेर वडा कार्ययलय आउने जाने गरेका छन् । आफनै यातायात प्रयोग गरेर जाने गर्दछु, ढुङ्गानाल भने ।

वडाध्यक्षले आफूले सुबिधा लिनु भन्दा जनताको करबाट आएका रकमले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता काममा खर्च गर्नु नै हाम्रो लागि माहानताको पहिचान झल्काउने छ । राजनिति मानवको लागि सेतो पलेटको मोटरसाइकल असोभनिय हुने सेतो पलेट सवारी त सरकारी कर्मचारीको लागि हो । जनताको सेवाको लागि निर्वाचित भएका हौं वडाध्यक्ष ढुङ्गानाले भने, ‘व्यक्तिगत कामको लागि किन सुबिधा लिने ।’

जनता सेवाको निम्ति निर्वा्चित भएपछि सेवा मुखि भन्दा पनि सेवा दिने हिसावले आफूले काम गर्ने अठोटका साथ अगाडी बढिरहेको बताए । उनले आफूले सेवा लिन भन्दा पनि निस्वार्थ हिसावले वडावासीको हित र सेवाको लागि निर्वाचित भएकाले वडा र सेवाग्रहीमाथि आर्थिक व्यहवार कम गर्नु मुख्य उदेश्य रहेको बताए ।

निर्वाचनको बेला गरिएका प्रतिबिद्धताहरु पूरा गर्नु र वडाबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यता आफूमा राखेर काम गरिरहेको बताए । लोकप्रियता कमाउन भन्दा पनि साच्चिकै आर्थिक व्यहवार काम गरेर अधिकतम वडाबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यता आफूमा रहेकाले यातयात खर्च कटैती गरेको ढुङ्गानाले बताए ।

उनले वडाभित्र भएका योजनाहरुको अनुगमन तथा कार्यक्रमहरुमा पुग्दा व्यक्ति गत यतायात मार्फत पुग्ने गरेको बताए । व्यक्तिगत यतायात मार्फत धेरै ठाउँमा पुग्ने गर्दछु उनले भने, ‘बोलाएको कार्यक्रममा कहिल्यै ढिलो पुग्ने गरेको छैन् ।’ कार्यालय प्रयोजनको लागि दिने सवारी साधान निजि कामको लागि प्रयोग गर्न नहुने बताए ।

काम भन्दा पनि सुरुवाती चरणमा सिस्टम बसाल्न नै गाह्रो पर्ने भएकाले काममा ढिलाइ भएको बताए । उनले चुनावी प्रतिबद्धताहरु अबको अबधिमा सबै पूरा हुने बताए । निर्वाचनको बेला जनताको मतले अध्यक्ष बनेको ढुङ्गानाले आफ्नो वडामा नमूना काम गरेर छोड्ने बताए
बर्दिबास नगरपालिकाले वडा कार्यालयको सुविधाका लागि १४ वटा वडामा मोटर सायकल बितरण गर्ने लागेका छन् ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...