२ बैशाख २०७६, सोमबार ०६:१५  
image


धर्वेन्द्र कुमार यादव(बाबु प्रेम यदुवन्शी),औरही। नयाँ वर्षलाई स्वागत गर्दै मिथिलाञ्चलमा सोमबार जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको असरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले  आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाइन्छ ।

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । जुडशितल पर्वमा मिथिलाञ्चलमा होली पर्व जस्तै हिलोपानी पनि खेल्ने चलन छ ।

सोमबार बिहान जनकपुरको गंगासागरको किनारमा स्थानीय बुद्धिजिवीले हिलोपानी  खेलेका छन् । लोप हुँदै गएको हिलोपानी खेल्ने परम्परा एवं सँस्कृतिलाई बचाउन कार्यक्रम आयोजना गरिएको सरसफाई अभियन्ता एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताउनुभयो । यस्तै जुडशितलको एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आइतबार मिथिलाञ्चलको घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहि आएको छ ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...